राष्ट्रसंघ भन्छ, 'गाजामा युद्ध तत्कालै अन्त्य हुनुपर्छ'
न्यूयोर्क । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।
गैर–लडाकुहरूको रक्षा गर्न, प्यालेस्टिनीहरूको थप विस्थापन रोक्न र बन्दीहरूको तत्काल सुरक्षित रिहाई गर्न आवश्यक रहेको वेन्नेसल्यान्डले बताए।
प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध रूपमा प्रदान गरिनु पर्ने बताउँदै वेन्नेसल्यान्डले जीवन बचाउ सहयोगलाई खाँचोमा परेकाहरूसम्म पुग्न अनुमति दिन आग्रह गरे । वेन्नेसल्यान्डले उत्तरी गाजाको अवस्थालाई इजरायली हवाई आक्रमण र बिग्रँदै गएको मानवीय अवस्थाले चिह्नित गरेको विडम्बनाको रूपमा वर्णन गर्दै बेत लाहियामा भएको विनाशबारे बताए ।
बेत लाहियामा रातभरिमा कम्तिमा ८७ प्यालेस्टिनी मारिएको बताइएको छ भने विनासकारी आक्रमणका कारण धेरै जना भग्नावशेषमुनि पुरिएको अनुमान गरिएको छ ।
पछिल्लो समयमा ‘गाजामा विनासकारी द्वन्द्व तीव्र हुँदै गइरहेको जनाउदै उनले द्वन्द्व, निरन्तर इजरायली हमला र बढ्दो मानवीय सङ्कटको बिचमा उत्तरी गाजापट्टीमा डरलाग्दो अवस्था देखा परेकाले गाजामा कतै पनि सुरक्षित नभएको बताएका छन् ।
यस्तो अवस्थामा अगाडि बढ्न साहस, राजनीतिक इच्छाशक्ति र नयाँ तथा प्रवावकारी समन्वय र संवाद चाहिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अरब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल
-
ठगी गरेको आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
-
निर्वाचन आयोगमा 'दलितका लागि दलित' अभियानको धर्ना (तस्बिरहरू)
-
बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक