मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना छैन : प्रधानमन्त्री ओली

सोमबार, ०५ कात्तिक २०८१, २१ : ५६
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने योजना नरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली सो कुरा बताएका हुन् ।

‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन । अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला मेरो त्यस्तो कुनै योजना छैन’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रातोपाटीसँग भने । 

भेटका क्रममा विपक्ष दलहरुले बाहिर बजारमा आएजस्तो राजनीतिक दलहरुलाई र संसदलाई छलेर अध्यादेश ल्याएमा  बहुदलीय व्यवस्थालाई समाप्त पार्ने काम गर्ने र यसो नगर्न सुझाव दिएको समेत अध्यक्ष लिङ्देनले बताए । 

विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्रमा समेत दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप