बाढीपीडितका लागि आयल निगमले गर्यो तीन करोड सहयोग
सोमबार, ०५ कात्तिक २०८१, २१ : ४२

काठमाडौँ । नेपाल आयल निगमले असोज दोस्रो साता अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । निगमले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा सो बराबरको रकम सहयोग गरेको हो ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले उक्त रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार हस्तान्तरण गरेका छन् । सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति थियो ।
निगम सञ्चालक समितिको सो बराबरको रकम हस्तान्तर गर्ने निर्णय बमोजिम उक्त रकम हस्तान्तरण गरिएको निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’