मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

कवाडको कमिसन नदिँदा कुटपिट, प्रहरीले अनुसन्धान गर्दै

सोमबार, ०५ कात्तिक २०८१, २० : २६
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रको कवाड संकलनको ठेक्का लिनेसँग कमिसन विवाद हुँदा ४ जना मिलेर एकजनालाई कुटपिट गरेका छन् । ललितपुरको बालकुमारीमा रौतहट घर भएका रविशंकर प्रसादमाथि भएको निर्घात कुटपिटबारे ललितपुर प्रहरीले अनुसन्धान थालेको छ । 

कुटपिटमा संलग्न आरोपमा अभिमानसिंह बस्नेत, तिलक जैसवाल, राजु दंगाल र आशिष बस्नेत पक्राउ परेका थिए । पीडितले जाहेरी नदिएपछि उनीहरूलाई तारेखमा राखेर अनुसन्धान भइरहेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । 

बालाजु औद्योगिक क्षेत्रको कवाड संकलन गर्ने ठेक्का महाविर सुनुवारले पाएका थिए । ७ लाखमा उनले टेण्डर पारेको थाहा पाएपछि अभिमान सिंहको समूहले उनलाई बालकुमारीस्थित माँ जानकी ट्रेडर्सको अफिसमा बोलाएका थिए । सुनुवारका सहकर्मी रविशंकरलाई चारजना मिलेर निर्घात कुटेको भिडियो पीडितले सामाजिक सञ्जालमा अपलोड गरेका छन् । 

पीडितका अनुसार आरोपीहरूले सो टेण्डर लिएबापत १० लाख कमिसन मागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप