मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

भन्सार छलेको ८९ वटा मोबाइलसहित नुवाकोटबाट एकजना पक्राउ

सोमबार, ०५ कात्तिक २०८१, १९ : ४१
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । भन्सार छलेको मोबाइलसहित प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–१ घर भएका ५९ वर्षीय डम्बर सिंह विष्ट छन् । 

गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ८६१२ नम्बरको हायस माइक्रोमा सवार विष्टको साथबाट विभिन्न कम्पनीका ८९ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले रातोपाटीलाई बताए । 

सोमबार बिहान अस्थाई प्रहरी पोष्ट कोल्पुटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बरामद मोबाइलको बजार मूल्य ६६ लाख ८९ हजार हुन आउँछ । आरोपीको साथमा आइफोन मात्र २० वटा भेटिएको डीएसपी भारतीले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप