मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
साफ महिला च्याम्पियनसिप

माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा

सोमबार, ०५ कात्तिक २०८१, १९ : ३०
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ । 

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न  खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हराएको हो । जितसँगै नेपाल अंकतालीकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालका लागि रेखा पौडेलेले ५ गोल गरिन् । प्रीति राईले ३ गोल गरिन् । 

यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक–एक गोल गरे । नेपालको यो दोस्रो खेल हो । नेपाल आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप