मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

मधेस सरकार प्रमुख सचिवविहीन

सोमबार, ०५ कात्तिक २०८१, १८ : ०९
सोमबार, ०५ कात्तिक २०८१

जनकपुर । मधेस प्रदेश सरकार लामो समयदेखि प्रमुख सचिवविहीन भएको छ । प्रदेशमा प्रमुख सचिव अनुपस्थित हुँदा सरकारको कामकाज प्रभावित भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार प्रमुख सचिव लोकनाथ पौडेल झण्डै डेढ महिनादेखि कार्यालय बाहिर छन् । 

करिब ७÷८ दिनको तालिमका लागि २७ भदौमा बिदामा गएदेखि प्रमुख सचिव पौडेल अहिलेसम्म अनुपस्थित नभएको  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ । 

प्रमुख सचिव पौडेलले अख्तियारी दिएर नजाँदा प्रदेश सरकारको कामकाज ठप्प हुनुको साथै सेवाग्राहीलाई समेत मर्का परिरहेको गुनासो छ । 

प्रदेश सांसद श्याम पटेलले भने, ‘प्रमुख सचिवज्यू नहुँदा धेरै काम प्रभावित भएको छ, कुनै पनि सरकारी काम गराउन जाँदा उहाँ नभएपछि त्यो काम हुन सकिरहेको छैन । जसकारण जनताका धेरै कामहरू प्रक्रियामा छन्, कतिपय ठाउँमा हामीले गालीसमेत खानु परिरहेको छ । तैपनि प्रमुख सचिवज्यूको अत्तोपत्तो छैन ।’ उनले प्रदेशमा नबस्ने भए ठाउँ कब्जा नगर्न आग्रह गरे ।  

नाम नराख्ने सर्तमा एक सेवाग्राहीले भने, ‘मेरो सरुवाको पत्र तयार पार्नु छ, तर प्रमुख सचिवज्यू नभइदिएर मलाई समस्या भइरहेको छ । किनकि, त्यो पत्र बनाउने अख्तियारी निमित्तज्यूलाई छैन, जसको कारण मेरो काम रोकिएको छ ।’ 

प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रमुख सचिव एक साताका लागि बाहिर गएको स्वीकारे गरे । तर अहिलेसम्म कार्यालयमा नआएको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप