मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

कांग्रेस नीति प्रतिष्ठानको सदस्यमा १८ जना नियुक्त

सोमबार, ०५ कात्तिक २०८१, १७ : ५५
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले १८ जनालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन् ।

पार्टीका मुख्यसचिव  कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा कांग्रेसको विधान बमोजिम उनीहरूलाई नियुक्त गरिएको हो ।

नियुक्त हुनेमा कविराज पण्डित (बाजुरा), डा. जगदीशचन्द्र पोखरेल (तनहुँ), छन्दबहादुर पहराई (गुल्मी), विजुला वर्मा (सिन्धुली), डा. केदारनरसिंह के.सी. (नुवाकोट), रिना उप्रेती के.सी. (सोलुखुम्बु), वीरेन्द्र यादव (धनुषा), डा. कृष्णप्रसाद पौडेल (कास्की) र भरत प्रसाई (झापा) रहेका छन् ।

यस्तै कमल कार्की (भक्तपुर), बलदेव तिमिल्सीना (सिन्धुपाल्चोक), डोलराज भुसाल (स्याङ्जा), श्री प्रताप पौडेल (बाग्लुङ), हजारी नेपाली वादी (जाजरकोट), विश्वदिप लामिछाने (काठमाडौँ), नाहिदा परविन (रौतहट), भवानी पन्त (कञ्चनपुर) र अनार बस्नेत (काठमाडौँ) लाई पनि प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप