विपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने समय सर्यो

काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यसूची बेलुका ८ बजेलाई सरेको छ । बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउने तयारी थियो ।
दिउँसो ४ बजेको कार्यसूची सरेर कार्यदलका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले जानकारी दिए । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले खनालसहित नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले समय तालिका सरेको खनालले जानकारी दिए ।
‘शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले ज्ञापनपत्र बुझाउने कार्यतालिका बेलुका ८ बजेलाई सरेको छ । प्रधानमन्त्रीज्यू पनि व्यस्त रहनुभएकाले समय सरेको जानकारी आएको छ’, खनालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा