सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्साबाट ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको भन्सार छलीको बदाम बरामद

सोमबार, ०५ कात्तिक २०८१, १७ : १२
सोमबार, ०५ कात्तिक २०८१

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका बदाम बरामद गरेको छ । 

प्रहरीले विशेष सूचनाको आधारमा भन्सार छली ल्याउँदै गरेको मालवाहक ट्रकसहित हाडे बदाम (अल्मन्डस) बरामद गरेको जनाएको छ ।

प्रहरीको विशेष टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट  ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको हाडे बदाम बरामद गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

उनका अनुसार परवानीपुर चोकबाट प्रहरीले  मधेस प्रदेशको ०३००१ ख ७६७३ नम्बरको ट्रकबाट विल विजक भन्दा बढीको ‘अल्मन्डस’ नियन्त्रणमा लिएको थियो । 

वास्तविक कागजात नभेटिएपछि थप अनुसन्धानको लागि ट्रकसहित हाडे बदाम प्रहरीले नियन्त्रणमा लिएको हो । 

बरामद बदामसहितको ट्रक थप कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप