सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन : कानुनमन्त्री चौरसिया

सोमबार, ०५ कात्तिक २०८१, १६ : ४०
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सरकारले ल्याउने भनिएका दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा आफूलाई केही थाहा नभएको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यादेश ल्याउनेबारे छलफल गरेका थिए ।  देउवासँगको छलफलपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकमा अध्यादेश पेस गर्ने तयारी भइरहको चर्चाबिच मन्त्री चौरसियाले  केही थाहा नभएको बताएका हुन् । 

‘अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन । प्रधानमन्त्री र गृहमन्त्रीजीले पनि मलाई केही भनेका छैनन् । पार्टी सभापतिजीले पनि केही भन्नु भएको छैन’, मन्त्री चौरसियाले भने ।  अध्यादेश ल्याउने विषयमा कांग्रेसका महामन्त्री गगन थापाले सोमबार देउवालाई भेटेर चासो व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप