सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकी बलर कागिसो राबडाले तोडे वकार युनिसको कीर्तिमान

सोमबार, ०५ कात्तिक २०८१, १६ : २५
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । हाल मिरपुरमा घरेलु टोली बंगलादेश र दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट क्रिकेट चलिरहेको छ । पहिलो टेस्टको पहिलो दिन सोमबार बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै आउट भएको थियो ।

पहिलो पालीमा बंगलादेशलाई सस्तोमा समेटन दक्षिण अफ्रिकी बलर कागिसो राबडाले पनि तीन विकेट हात पारेका थिए । उनले ११ ओभरमा चार मेडन राख्दै केवल २६ रन खर्चिएका थिए । यो खेलमा उनले एउटा गजबको कीर्तिमान पनि बनाएका छन् ।

२९ वर्षीय यी तिब्रगतिका बलर टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम बल फालेर तीन सय विकेट पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । कागिसो राबडाले पाकिस्तानका पूर्वबलर वकार युनिसको कीर्तिमान तोडेका हुन् ।

कागिसो राबडाले ११ हजार आठ सय १७ बलमा तीन सय विकेटको कोशेढुंगा पुरा गरेका हुन् । यसअघि यो कीर्तिमान वकार युनिसको नाममा थियो । वकार युनिसले १२ हजार ६ सय दुई बलमा तीन सय विकेट पुरा गरेका थिए ।

यो सूचिमा तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाकै पूर्वबलर डेल स्टेनले १२ हजार ६ सय पाँच बलमा तीन सय विकेट लिएका थिए । यो सूचिमा चौथो स्थानमा रहेका दक्षिण अफ्रिकाकै एलन डोनाल्डले भने १३ हजार ६ सय ७२ बलमा यस्तो उपलब्धि हासिल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप