श्रीलंकालाई सजिलै हराउँदै भुटान अंक तालिकाको पहिलो स्थानमा

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा भुटानले पहिलो जित हासिल गरेको छ । भुटानले सोमबार दशरथ रंगशालामा खेलिएको खेलमा श्रीलंकालाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
भुटान र श्रीलंका समूह ‘बी’ मा छन् । जितसँगै भुटान चार अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । यसअघि भुटान आफ्नो पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
दुई खेल खेलेको श्रीलंका तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । श्रीलंकाली टोलीले आफ्नो पहिलो खेलमा भने माल्दिभ्समाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।
एक खेल खेलेको नेपाल एक अंकसहित तेस्रो स्थानमा आसिन छ । नेपाली टोली आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । एक खेल खेलेको माल्दिभ्स अंकविहीन छ ।
घरेलु टोली नेपालले सोमबार माल्दिभ्ससँग आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाल र माल्दिभ्सबिचको खेल दशरथ रंगशालामा नेपाली समय अनुसार, साँझ १७ः३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प