सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

एआई परियोजना चौपट पारेपछि टिकटकको मालिकले निकाले इन्टर्न

सोमबार, ०५ कात्तिक २०८१, १४ : ५२
सोमबार, ०५ कात्तिक २०८१

बेजिङ । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो एक इन्टर्नलाई कामबाट निकालेको छ । कम्पनीको एउटा कृत्रिम बौद्धिकता (एआई) मोडलको तालिममा बदनीयतपूर्ण तरिकाले हस्तक्षेप गरेको थाहा भएपछि कम्पनीले ती इन्टर्नलाई निकालेको बताइएको छ । नाम नखुलाइएका इन्टर्नको सो कदमले कम्पनीले निके ठूलो क्षति भएको अनुमान भइरहेको छ ।

तर कम्पनीले भने यस्ता दाबीको खण्डन गरेको छ । ती दाबी बढाई चढाई र असत्य भएको कम्पनीको भनाइ छ । सप्ताहन्तमा सामाजिक सञ्जालमा यो खबर भाइरल बनेपछि कम्पनीले यस्तो दाबी गरेको हो । बाइटडान्सको दोउबाओ ओपनएआईको च्याटजीपीटी जस्तै जेनरेटिभ एआई मोडल हो । यो त्यहाँको लोकप्रिय एआई च्याटबोट हो ।

ती व्यक्ति विज्ञापन प्रविधि टोलीका इन्टर्न भएको र एआई ल्याबमा काम गरेको अनुभव हुँदै नभएको एउटा विज्ञप्तिमा बाइटडान्सले भनेको छ । इन्टर्नका कारण कम्पनीलाई १ करोड डलरभन्दा बढीको क्षति भएको समाचार छापिएका थिए । तर कम्पनीले ती समाचारको खण्डन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप