कुलेखानी फाखेल–सिस्नेरी सडक पुनः सञ्चालनमा

मकवानपुर । कुलेखानी फाखेल–सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो ।
कुलेखानी सडकअन्तर्गत सिमखोलाको सडक तीन दिनअघि मर्मतसम्भार गर्न र ह्युम पाइप बिछ्याउन यातायात सञ्चालनमा रोक लगाइएको थियो । हेटौँडाबाट काठमाडौँतर्फ हलुका सवारीसाधनलाई त्रिभुवन राजपथको दामन, पालुङ, चित्लाङ हुँदै थानकोट जान एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता तथा प्रहरी नायब उपरिवेक्षक श्यामु अर्यालले बताए ।
काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई एकतर्फी कान्तिलोकपथ र दक्षिणकाली सिस्नेरी सडक भएर सञ्चालनमा ल्याइएको छ । अब नियमित रुपमा हलुका सवारीसाधन भीमफेदी, कुलेखानी सडकअन्तर्गत पर्ने फाखेल, सिस्नेरी र चखेल, मातातीर्थ एवं कान्तिलोकपथबाट सञ्चालन गरिने प्रवक्ता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो