सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजरमा के छ ?

सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा देख्न सकिन्छ । पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व र रहस्य फिल्ममा रहेको झल्काउँछ । टिजरको अन्त्यमा नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न सकिनछ ।

कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने यो फिल्म दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै लेखन छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । अमितेष शाह विशेष भूमिका रहेको फिल्मका नकिम उद्दिन कार्यकारी निर्माता र मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन निर्माता हुन् । 

फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया