सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकसाथ देखिए पूजा र सुष्मा, सकिएको हो दुस्मनी ?

सोमबार, ०५ कात्तिक २०८१, १४ : २२
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । भनिन्छ, ‘राजनीतिमा दोस्ती र दुस्मनी दिगो हुँदैन’ । यो भनाई फिल्म क्षेत्रमा पनि लागु भएको पाइन्छ । गाला जोडेर हिँड्नेहरु क्षणभरमै दुस्मन  बन्छन् भने धेरै समय पानी बाराबार अवस्थामा रहने मित्र समेत बन्छन् । 

यस्तै अवस्था अहिले अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको सम्बन्धमा देखिएको छ । केही अगाडिसम्म एकअर्काको नाम समेत सुन्न नचाहने यी अभिनेत्रीद्वय  अहिले टिकटमा भने एकसाथ देखिरहेका छन् । 

जसको जल्दोबल्दो उदाहरण ‘सुष्मा कार्की २०२३’ नामक टिकटक आइडीमा आइतबार आएको एक भिडियोलाई लिन सकिन्छ । जसमा सुष्माले पूजासँग अंकमाल गर्दै हिन्दी गीत ‘हुआ मुझे भी प्यार हुआ’मा टिकटक बनाएकी छन् । र, क्याप्सनमा ‘स्वीटहार्ट’ लेखिएको छ । दुवै एकअर्कासँग एकदमै सहज देखिएका छन् ।

भिडियोको पृष्ठभूमिमा पूजाको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्ट देखिएको छ । भिडियोबाट सुष्मा पूजाको रेस्टुरेन्टमै पुगेर टिकटक बनाएको अनुमान गर्न सकिन्छ ।

भिडियोलाई धेरैले हेरेका छन् । कमेन्ट पनि थुप्रैको आएको छ । कमेन्टमा अधिकांशले उनीहरूको मिलनलाई लिएर आश्चर्य प्रकट गरेका छन् । कतिले अब रमाइलो नहुने भयो भन्दै व्यंग्य गरेका छन् ।

लगभग एक दशक पूजा र सुष्माको दुस्मनी चलको थियो । निर्देशक सुदर्शन थापाको क्याम्पबाट सुष्मा ‘आउट’ र पूजा ‘इन’ भएपछि उनीहरूको दुस्मनी सुरु भएको बताइन्छ । त्यससमय यता सुष्माले पूजाविरुद्ध आगो ओकल्दै आइरहेकी थिइन् । पूजा पनि बेलाबेलामा सुष्माको जवाफ फर्काउँछिन् ।

पूजा र सुष्माको मिलन फिल्म ‘उपहार’ मार्फत रेखा थापाले गराएको बताइन्छ । किनभने फिल्मको एक/दुईवटा सिनमा पूजा र सुष्मालाई एकसाथ देख्न सकिन्छ । 

‘उपहार’ रिलिज हुँदा सुष्मा अष्ट्रेलियामा थिइन् । उनी अहिले दसैँ मान्न नेपाल आएकी हुन् । यही मेसोमा उनी पूजालाई भेट्न उनकै रेस्टुरेन्ट पुगेकी हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप