कर्णाली याक्समा आबद्ध भए पाकिस्तानी अलराउन्डर हुसैन तलत

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका अलराउन्डर खेलाडी हुसैन तलतले कर्णाली याक्सको तर्फबाट खेल्ने भएका छन् ।
आगामी एनपीएलका लागि २८ वर्षीय पाकिस्तानी अलराउन्डर हुसैन तलतसँग सम्झौता भएको कर्णाली याक्सले सोमबार जनाएको छ । कर्णाली याक्सले हुसैन तलतको आगमनले टोलीको हौसला बढेको पनि जनाएको छ ।
हुसैन तलतले पाकिस्तानको राष्ट्रिय टोलीबाट धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् । उनले पाकिस्तानका लागि एउटा एकदिवसीय अन्तर्राष्ट्रिय र १८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामात्र खेलेका छन् ।
उनले टी–२० अन्तर्राष्ट्रियको १८ पालीमा कुल तीन सय ९४ रन बनाएका छन् । यस क्रममा उनले दुईवटा अर्धसतक पनि बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर भने ६३ रन हो । यो ढाँचाको क्रिकेटमा उनले चारवटा विकेट पनि लिएका छन् । उनले थुप्रे प्रथम श्रेणी र लिस्ट ‘ए’ क्रिकेट पनि खेलेका छन् । उनले पाकिस्तान सुपर लिगमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।
कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वमा रहेको क्लब हो । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो ।
कर्णाली याक्सका मार्की खेलाडी भने सोमपाल कामी हुन् । हालै सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा कर्णाली याक्सले एकजना खेलाडी अधिकतम १५ लाख रुपैयाँमा खरिद गरेको थियो । कर्णाली याक्सले १५ लाख रुपैयाँ खर्चिएको खेलाडी गुलसन कुमार झा हुन् ।
यसैगरी, कर्णाली याक्सले नन्दन यादबलाई ११ लाख रुपैयाँमा किनेको थियो । कर्णाली याक्सले तीन खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चिएको थियो । कर्णाली याक्सले मौसम ढकाल, अर्जुन घर्ती र देब खनालाई १०–१० लाख रुपैयाँमा खरिद गरेको थियो ।
यसका अतिरिक्त, कर्णाली याक्सले दुई खेलाडी रित गौतम र भुवन कार्कीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो । कर्णाली याक्सले दीपेन्द्र रावत र दीपक डुम्रेलाई तीन– तीन लाख रुपैयाँ तथा युनिस बिक्रमसिंह ठकुरीलाई दुई लाख रुपैयाँमा खरिद गरेको थियो । कर्णाली याक्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति
-
नक्कली नोटसहित एक जना पक्राउ
-
घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन