सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

नवीन न्यौपाने राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त

सोमबार, ०५ कात्तिक २०८१, १४ : ०४
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घले नवीन न्यौपानेलाई पुरुष सिनियर राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । नवीनलाई अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको जानकारी एन्फाले सोमबार सार्वजनिक गरेको हो ।

विगत केही समयदेखि राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पद रिक्त रहँदै आएको थियो । नवीन आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी हुन् । उनले विभिन्न क्लबहरूमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

कुनै समय उनले त्रिभुवन आर्मी क्लबमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले डिफेन्डरको भूमिकामा करिब आधा दशक राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले सक्रिय खेल जीवनमा मनाङ मर्स्याङ्दी, एनआरटी, हिमालयन शेर्पालगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप