सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

सोमबार, ०५ कात्तिक २०८१, १३ : ४४
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशा अन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् ।  

pala (1)

उनीहरु धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामान बनाउँछन् । तर, अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ । तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आएपनि पालाको प्रयोग घटेको छैन ।

पालामा तेल र बाती राखेर बाल्ने परम्परा घर घरमा अहिले पनि कायमै छ । वर्षेनी तिहार आएपछि पालाको माग धेरै नै हुने गरेको छ । अहिले सामान्य पाला को मूल्य १२ वटाको ४० रुपैया अनि फुलफुल र बुट्टावाला पालाको १ वटाको २० रुपैयाँमा बिक्री भइरहेको छ। 

pala (2)pala (3)pala (4)pala (5)pala (6)pala (7)pala (8)pala (9)pala (10)pala (11)pala (12)pala (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप