सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको पहिलो पालीमा बंगलादेश निरीह

सोमबार, ०५ कात्तिक २०८१, १३ : २१
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली बंगलादेशले निराशाजनक प्रदर्शन गरेको छ । मिरपुरमा जारी पहिलो टेस्टको पहिलो दिन बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै अलआउट भयो ।

बंगलादेशी टोली पहिलो पालीमा ४०.१ ओभरमात्र क्रिजमा टिक्न सक्यो । बंगलादेशले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । घरेलु टोलीका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर महमदुल हसन जोय ३० रन बनाउँदै आउट भए । उनले ९७ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।

अर्का ओपनर सादमन इस्लामले भने खाता पनि खोल्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मोमिनुल हक चार रनमै पेभेलियन फर्किए भने कप्तानसमेत रहेका चौथो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तो पनि सात रनमै आउट भए ।

मुसफिकर रहिमले टोलीको खातामा ११ रन थपे । विकेटकिपर ब्याट्सम्यान लिटन दास भने एक रनमै पेभेलियन फर्किए । मेहदी हसन मिराजले टोलीका लागि १३ रनको योगदान गरे । जकेर अली पनि दुई रनमै आउट भए ।

यसैगरी, तल्लो क्रमका ब्याट्सम्यान नइम हसनले आठ र तैजुल इस्लामले १६ रन बटुले । हसन महमुद चार रनमा अविजित रहे । दक्षिण अफ्रिकाका बलर विआन मल्डर, कागिसो राबडा र केशव महाराजले ती–तीन विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप