सिराहामा ‘गर्लफ्रेन्ड’को विषयमा विवाद, एक युवकको हत्या

सिराहा । सिराहामा आफ्नो ‘गर्लफ्रेन्ड’सँग नभेटाउँदा एक युवकको हत्या गरिएको खुलासा भएको छ । एक साता अगाडि सिराहाको सुखीपल नगरपालिकामा ‘गर्लफ्रेन्ड’ सँग नभेटाएको निहुँमा आफ्नै केटा साथीको हत्या गरिएको पाइएको सिराहा प्रहरीले जनाएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर १३ निवासी कृष्णकुमार महराको आफ्नै साथीहरू मिलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । लागुऔषध सेवन गरी पाँच जनाले महराको हत्या गरेको अनुसन्धानबाट खुलेको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए ।
प्रहरीले महराको हत्या गरेको आरोपमा गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको हो ।
यसरी भएको थियो हत्या
असोज २७ गते नगरपालिकामा दसैँ मेला लागेको थियो । त्यो मेला हेर्न महरासहित सबै साथीहरू गएका थिए । मेला हेर्न गएका सबैले लागु औषधको सेवन गरिसकेका थिए । प्रहरीकाअनुसार उनीहरू सबै जनाले गाँजा र नाइट्राभेट ट्याब्लेट सेवन गरेका थिए ।
‘त्यहिबेला कृष्ण महराले आफ्नो गर्लफ्रेन्डसँग फोनमा कुरा गरे, मेलामा राती नै बोलाउने समय मिलाए । गर्लफ्रेन्ड आउन लागेको अन्य साथीले जानकारी पाए । गर्लफ्रेन्डसँग आफूहरूले पनि रोमान्स गर्न पाउनुपर्ने प्रस्ताव साथीहरूले राखे । तर त्यो कुरा महराले मान्न तयार भएनन् । त्यसपछि विवाद हुन थाल्यो’ प्रहरीको भनाई छ ।
‘यही विवादले उग्ररूप लियो र कृष्ण महराको हत्या भयो,’ प्रहरी प्रवक्ता पासवानले भने । त्यसपछि घटना लुकाउन सबै मिलेर महराको शव नजिकैको गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर शरीरको माथिल्लो भाग बालुवाले छोपेर फरार भए ।
बालुवामा शव गाडेको करिब ५ घण्टापछि आफूहरुले हत्याबारे जानकारी पाएको महेशपुर पतार इलाका प्रहरीका रविनराज मैनालीले बताए ।
त्यसपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । सुरुमा प्रहरीले हत्या गर्ने समूहका रोहित महरालाई नियन्त्रणमा लियो । पक्राउ परेका महराले दिएको बयानअनुसार हत्याको रहस्य खुलेको थियो । र अन्य सहयोगीहरू पक्राउ परेका थिए ।
पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान सुरु भएको सिराहा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा