सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

सामाखुसी यातायातले थप्यो ७ करोड खर्चेर १५ वटा बस

सोमबार, ०५ कात्तिक २०८१, १२ : १७
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । यातायात कम्पनी सामाखुसी यातायात प्रालिले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ । सोमबार टोखा नगरपालिका वडा नम्बर ३ स्थित भत्केको पुलमा आयोजित एक कार्यक्रमका बिच ती बस उद्घाटनको घोषणा गरिएको छ । 

कार्यक्रममा सामाखुसी यातायातका अध्यक्ष सानु काजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका यात्रुहरूको सेवालाई मध्यनजर गर्दै १५ वटा बस थपेको जानकारी दिए । उनका अनुसार १५ वटा बस खरिदमा करिब ७ करोड लगानी भएको छ । 

थपिएका बसहरू काठमाडौँको उत्तरी बेल्टमा पर्ने मनमैजु–लोकतान्त्रिक चोक–नयाँ बसपार्क–जमल–एनएसी हुँदै सोही रुट फर्किनेछन् । यस्तै झोर बसपार्क टोखा–सामाखुसी चोक हुँदै जमल–रत्नपार्क पुगेर सोही रुटबाट फर्किनेगरी व्यवस्था मिलाइएको उनले बताए । 

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका योगेन्द्र नाथ कर्माचार्य, उपाध्यक्ष रामप्रसाद सुवेदीसहित, कांग्रेस महासमिति सदस्य सुशील भट्ट, नेविसंघका केन्द्रीय सदस्य सुवास घिमिरेलगायतको सहभागिता थियो । 

सहभागीहरूले सामाखुसी यातायातको सेवा राम्रो रहेको र आगामी दिनमा थप प्रभावकारी बनाउन शुभकामना दिएका थिए ।  सामाखुसी यातायात प्रालि मातहत बस र माइक्रोस गरी करिब १५० वटा गाडी सञ्चालनमा रहेको बताइएको छ ।   

572f7cdd-19af-45cc-a14e-bc04bc9df466

c81a504b-011a-4426-aa39-a18fffaeb8be

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप