नेसपाको केन्द्रीय समिति १५१ जना, पदाधिकारी १७ सदस्यीय रहने

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बढीमा १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ । सोमबारदेखि पोखरामा सुरु हुने प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो ।
मस्यौदाको धारा ५ को उपधारा १ बमोजिम १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ । जसमा एक जना अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव दुई, सात जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
नेसपाको सङ्गठनात्मक स्वरूप र संरचना अन्तर्गत पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ । यस्तै सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरू रहनेछ । (-पदाधिकारी १७ सदस्यीय हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे
-
कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघको पुनरागमन, सन्तोष पन्त बने सभापति