मोरङको प्रहरी इन्चार्जमा सरुवा भएका राजन लिम्बुको काज रद्द, चिमरियालाई पठाउने निर्णय
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा पुनः एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको छ । कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाउने निर्णय गरेको थियो । तर, ३ दिनमै सो निर्णय रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको थियो । उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ । कार्की नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए ।
चिमरिया सुनसरीस्थित दङ्गा नियन्त्रण गणमा कार्यरत थिए । राजन लिम्बुलाई मोरङ पठाउन नेपाल कांग्रेसका नेताहरू असहमत भएका छन् । लिम्बु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) थिए ।
उनी ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले उनलाई धम्की दिएका थिए । त्यसबेलादेखि नै उनीसँग कोशी प्रदेशको कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट रहेको प्रहरी अधिकारीहरू बताउँछन् । आइतबार काज सरुवा भएका चिमरिया प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा स्थानीय हुन् । उनी पनि प्रहरी भित्र एमालेप्रति उदार अधिकृत मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्ने
-
रवि लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन (तस्बिरहरु)
-
काठमाडौँ महानगरको फेस्टिभल क्याम्पमा अभिनेत्री स्वस्तिमाले दिइन् यस्ता सुझाव
-
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
-
गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त
-
ओली साम्राज्य अन्त्यको सुरुवात