सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने

सोमबार, ०५ कात्तिक २०८१, ११ : १९
सोमबार, ०५ कात्तिक २०८१

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ । 

पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ । 

आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  । 

रास्वपाले पोखरा केन्द्रित आन्दोलनका लागि प्रत्येक जिल्लाबाट १ सय जनाका दरले उपस्थित हुन उर्दी जारी गरेको छ । 

रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप