जनमत पार्टीले गैरआवासीय मधेसी संघको विभिन्न देशमा इन्चार्ज तोक्यो
_ZClym1j2cX.jpg)
काठमाडौँ । जनमत पार्टीले गैरआवासीय मधेसी संघको विभिन्न देशमा इन्चार्ज तोकेको छ । कात्तिक ४ गते बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न देशका लागि इन्चार्ज तोकेको हो । अध्यक्ष डाक्टर सीके राउतको अध्यक्षतामा बसेको बैठकले संयुक्त अरब इमिरेट्स, मलेसिया, साउदी अरब लगायतका देशका लागि इन्चार्ज तोकेको हो ।
संयुक्त अरब इमिरेट्सका लागि सद्दाम अन्सारीलाई इन्चार्ज तोकेको छ । त्यस्तै मलेसियाका लागि कपलेश्वर यादव, साउदी अरबका लागि कासिन्द्र पासमान, कतारका लागि प्रमोद कुमार ठाकुर, कुवेतका लागि अरबिन्द साह, अमेरिका लागि अनिल यादव र अन्य सबै देशका लागि डाक्टर श्यामबाबु महतोलाई इन्चार्ज तोकेको हो ।
संघको प्रायः देशमा विवाद रहेकोले सम्पूर्ण समितिहरू भङ्ग गर्ने निर्णय गरेको छ । तत्कालका लागि हरेक देशका लागि इन्चार्ज तोक्ने र पछि मतदाता सूची अद्यावधिक भइसकेपछि सोही अनुसार नवीकरण गरेका सदस्यहरूमध्ये अधिवेशन गराएर समिति निर्माण गर्ने गरी तत्काललाई इन्चार्ज तोक्ने निर्णय गरेको हो ।
गैरआवासीय मधेसी संघको सदस्यता निश्चित गर्न, सदस्यता शुल्क र लेबी नियमित गर्न, अधिवेशनका लागि मतदाता सूची तय गर्नका लागि सङ्गठन विभागलाई जिम्मेवारी दिने निर्णय सचिवालयले बैठकले गरेको जनमतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा