बजार
सुनमा पाँच दिनदेखि निरन्तर ऐतिहासिक रेकर्ड
सोमबार, ०५ कात्तिक २०८१, ११ : ००

काठमाडौँ । पाँच दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा ऐतिहासिक रेकर्ड बनाउँदै गएको छ । दसैँपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै ऐतिहासिक रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो ।
सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहको थियो । त्यभन्दा अघिल्ला दिनहरुमा यो मूल्य क्रमशः १ लाख ६४ हजार ४००, १ लाख ६२ हजार ४०० र १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्यले समेत रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । यस्तो मूल्य आइतबार २ हजार ७५ रुपैयाँ रहेको थियो । त्यस्तै, शुक्रबार १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य त्योभन्दा अघिल्लो दिन १ हजार ९५० रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन