रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा किन नजाने भए ब्राजिलका राष्ट्रपति ?

रियो द जेनरियो । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै थिए । तर शनिबार सिल्भा आफ्नै घरमा दुर्घटनामा परेका छन् । यस क्रममा उनको टाउकोमा चोट लागेको थियो । सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्नेवाला थिए ।
‘हामीले राष्ट्रपतिलाई तत्कालका लागि लामो दुरीको हवाई यात्रा नगर्न सल्लाह दिएका छौँ । अब उनले भिडियो कन्फरेन्स मार्फत यो सम्मेलनमा भाग लिनेछन्’ ब्राजिलको राजधानी ब्रासिलियाको एक प्रमुख अस्पतालले भनेको छ ।
स्थानीय सञ्चारमाध्यमले चिकित्सकलाई उद्धृत गर्दै सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको बताएका छन् । यसअघि रुसी राष्ट्रपति पुटिनले शुक्रबार ब्राजिलमा आगामी महिना हुने जी–२० सम्मेलनमा सहभागी नहुने बताएका थिए ।
रुसको अध्यक्षतामा काजानमा १६ औँ ब्रिक्स सम्मेलन हुँदैछ । रुसमा हुन लागेको यस सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ भन्ने रहेको छ । ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समेत पाँच विकासोन्मुख राष्ट्रहरूको समूह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
-
तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट