सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

इरानमाथि इजरायली हमलाको योजनासम्बन्धी दस्तावेज चुहावटको अमेरिकामा छानबिन

सोमबार, ०५ कात्तिक २०८१, १० : ३७
सोमबार, ०५ कात्तिक २०८१

वासिङ्टन डीसी । इरानमाथि इजरायली हमलाको योजनासँग सम्बन्धित दस्तावेजहरू चुहावट भएको घटनामा अमेरिकाले अनुसन्धान गरिरहेको छ । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले यसको पुष्टि गरेका हुन् । चुहिएका दुई दस्तावेजमा इरानमा आक्रमण गर्ने इजरायली योजनाहरूको अमेरिकी मूल्याङ्कन समावेश थियो ।

चुहिएका दस्तावेजहरू हप्ता अनलाइन पनि प्रकाशित भएको बताइएको छ । यी दस्तावेजमा इजरायली सेनाले अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफ दिन तयारी गरिरहेको फोटोहरू समावेश छन् । बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएसका अनुसार यी दस्तावेज अमेरिका, बेलायत, क्यानडा, न्यूजिल्याण्ड र अस्ट्रेलियाको फाइभ आइज इन्टेलिजेन्स गठबन्धनसँग मात्र साझेदारी गर्न सकिन्थ्यो ।

इरानले अक्टोबरको सुरुमा इजरायलमा आक्रमण गरेको थियो । आफ्नो आक्रमणमा इरानले इजरायलमा सयौँ मिसाइल प्रहार गरेको थियो । सन् २०२४ मा इरानले इजरायलमा गरेको यो दोस्रो आक्रमण हो । यसअघि अप्रिल महिनामा पनि इरानले इजरायलमा आक्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप