विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ । सरकार बाहिर रहेका विपक्षी दलहरूले सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र आज बुझाउँदै छ ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सरकारको सय दिनको समीक्षा, बाढीपहिरो पछिको राहत तथा पुनर्स्थापना, सुशासन, सामाजिक न्याय, जनजीविका लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । साथै समग्र अवस्थाको अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
ज्ञापनपत्र दिउँसो ४ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यदल सदस्य एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए । ‘बाढी पहिरोबाट पीडित जनताका राहत, पुनर्स्थापना, सुशासन, जनजीविका लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यसूची रहेको छ’, बस्नेतले रातोपाटीसँग भने ।
कार्यदलमा बस्नेतसहित एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल रहेका छन् । विपक्षी दलहरूको बैठकले ओली सरकार पूर्ण असफल रहेको निष्कर्ष निकाल्दै जनपक्षीय काम, विकास निर्माण, सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा काम गर्नका लागि दबाब दिने नीति लिएको थियो । ध्यानाकर्षण गराउँदा समेत सरकारले काम नगरे संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला