असोजमा घट्यो सार्वजनिक ऋण, २५ खर्ब २३ अर्ब तिर्न बाँकी

काठमाडौँ । ऋण प्राप्तिभन्दा भुक्तानीको रकम बढी भएपछि असोज महिनामा नेपालको ऋण दायित्व घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।
भदौ मसान्तमा यस्तो ऋण २५ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो । भदौको तुलनामा असोज मसान्तमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण घटेको हो ।
असोज महिनामा सरकारले ३२ अर्ब २७ करोड रुपैयाँ बराबरको नयाँ ऋण लिएको छ । योसँगै चालु आर्थिक वर्षको ३ महिनामा लिएको ऋण १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यो वर्ष सरकारले आन्तरिक र बाह्य समेत गरी कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको ऋण लिने लक्ष्य लिएको छ ।
यसमध्ये आन्तरिक ऋणतर्फ भदौसम्म १ खर्ब १५ अर्ब र बाह्यतर्फ २१ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लिइएको छ । त्यस्तै, यो वर्ष कुल ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य रहेकोमा असोज मसान्तसम्म ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । भदौ मसान्तसम्म यस्तो भुक्तानी ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने