साढे २३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

काठमाडौँ । सरकारले सोमबार करिब साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल खुलाएको हो ।
उक्त बिलमध्ये १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको नवीकरणीय ऋण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ऋणपत्र निष्कासन हुँदैछ । यसका लागि बैंक तथा वित्तीय संस्थाले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युतीय माध्यमबाट बोलकबोलमा सहभागी हुनसक्ने जनाइएको छ ।
बोलकबोल हुने ऋणमध्ये नयाँ ऋणको अवधि २८ दिनको रहेको छ । नवीकरणीय ऋण भने ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको रहेका छन् ।
यसअघि सरकारले यो आर्थिक वर्षमा मात्रै ३५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिसकेको छ । सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये ट्रेजरी बिल आन्तरिक ऋणको अल्पकालीन औजार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण