सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादी अध्यक्ष प्रचण्ड आज जुम्ला आउँदै

सोमबार, ०५ कात्तिक २०८१, ०९ : ५६
सोमबार, ०५ कात्तिक २०८१

सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार जुम्ला आउने भएका छन्। माओवादी केन्द्र जुम्ला कमिटीले सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरेको जनसभालाई सम्बन्धन गर्न उनी जुम्ला आउन लागेका हुन् ।

माओवादी केन्द्र जुम्ला इन्चार्ज नरेश भण्डारीका अनुसार प्रचण्ड काठमाडौँबाट नेपालगन्ज र त्यहाँबाट हेलिकप्टरमार्फत सिधै कनकासुन्दरी पुग्ने छन् ।

जनसभासँगै ठुलो सङ्ख्यामा अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको भण्डारीले बताए ।

'जनताका चाहना बुझ्न, सुशासनबारे जनतालाई आह्वान गर्नुहुन्छ,'उनले भने, 'यो ऐतिहासिक क्षेत्र पनि हो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप