सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को बैठक पाँच बजे

सोमबार, ०५ कात्तिक २०८१, ०९ : ४२
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

बैठकका एजेन्डाबारे केही नखुलाएको एक मन्त्रीले जानकारी दिएका हुन् । ‘बैठक साँझ पाँच बजे बोलाइएको छ । एजेन्डाबारे जानकारी आइसकेको छैन,’ ती मन्त्रीको भनाइ छ ।  

यद्यपि आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली काँग्रेसका कारण सफल हुन सकेका थिएनन् । 

स्रोतका अनुसार संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपा विभाजन गर्ने तयारीमा छन् । त्यसका लागि ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलाई तयारी गर्न दबाब दिँदै आएका छन् ।

आइतबार बेलुका पनि ओलीले देउवालाई बालुवाटारमा बोलाएर अध्यादेश ल्याउन सहयोग गर्न आग्रह गरेको बुझिएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवासहित गृहमन्त्री रमेश लेखकलाई बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।  

मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप