मोटरसाइकलसहित लाखौँको सामान बरामद
सोमबार, ०५ कात्तिक २०८१, ०७ : ४२

रौतहट । सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल सहित लाखौँ रुपैयाँ मूल्य भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गौर र मातहतका युनिट बाट खटिगएको गस्ती टोलीले जिल्लाको विभिन्न नाका हुँदै तस्करहरूले भित्र्याएको ५ लाख ३४ हजार ३७७ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार टोलीले १ लाख ९० हजार,६५५ बराबरको लत्ताकपडा, १ लाख ८५ हजार ३२२ बराबरको किराना तथा ड्राई फ्रुट्स, १ थान मोटरसाइकल लगायत उक्त परिमाण बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामानहरू आइतबार आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)