बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

बेरुत । इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। यो नयाँ चेतावनी अनुसार, इजरायलले चाँडै नै लेबनानको राजधानी बेरुतसहित सम्पूर्ण देशका २४ क्षेत्रमा रातभर आक्रमण गर्ने योजना बनाएको हो।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय लक्ष्यहरूलाई लक्षित गर्ने बताएको छ। यसै क्रममा इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाहेह सहरमा आठवटा हवाई हमला गरेको छ । यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ।
लेबनानको सरकारी मिडियाले पनि आक्रमण देशको पूर्वी भागमा भएको बताएको छ। हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य लक्ष्यहरूलाई लक्षित गरी रकेट प्रहार गरेको बताएको छ।
आइतबार साँझ आइडीएफका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहका आतंककारी गतिविधिहरूलाई आर्थिक सहयोग गर्ने आधारहरू नजिक रहेका जो कोहीले पनि तुरुन्तै सो स्थान छाड्नु पर्ने चेतावनी दिए। ‘हामी अबको केही घण्टा भित्र धेरै लक्ष्यहरू आक्रमण गर्नेछौं। आगामी दिनहरूमा इरानले हिजबुल्लाहलाई कसरी आर्थिक सहयोग गर्छ भन्ने कुरा हामी सबैसामु ल्याउँछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता