सहकारी ठगीमा ९५ प्रतिशत कांग्रेस–एमालेका नेता संलग्न छन्: केसी
काठमाडौँ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सहकारी क्षेत्रको कूल ८७ अर्ब अपचलन प्रकरणमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको टिप्पणी गरेका छन् । रवि लामिछाने नेतृत्वको पार्टीमा संलग्न मानिसहरूले सहकारी १४ अर्ब घोटाला गरेको बाँकी कांग्रेस, एमाले र माओवादीको भागमा रहेको बताए । आइतबार आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९५ प्रतिशत सहकारी ठगीको हिस्सा कांग्रेस र एमालेको भागमा रहेको बताए ।
‘करिब १४ अर्बको घोटाला रवि लामिछानेसम्बद्ध पार्टी देखिन्छ । ८७ अर्बमध्ये बाँकी अरू तीन पार्टीहरूको भागमा पर्छ । ९५ प्रतिशत जति कांग्रेस र एमालेको भागमा पर्छ । माओवादी गरिब पार्टी भएकाले एक जना मात्रै रहेछन् ठग । त्यो भन्दा पनि गरिब भएकाले राप्रपाको पनि एक जना भए । यो रास्वपा भन्ने गरिबमध्येको पहिलो रहेछ, यसले १४ अर्ब घोटाला गर्यो,’– उनले भने ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कृष्णबहादुर महरा, बालकृष्ण खान, टोपबहादुर रायमाझीलगायत जेल पर्दा कांग्रेस, एमाले, माओवादी कोही पनि सडकमा नआएको उनले बताए । रवि लामिछानेको पक्राउ पर्दा नेता तथा कार्यकर्ता सडकमा आउनुको कुनै औचित्य नरहेको उनले बताए । रास्वपा रवि लामिछानेको गोजीको पार्टी रहेको उनको टिप्पणी छ ।
राज्यले भन्दा पनि रवि लामिछानेले प्रतिशोध साँधेको उनको दाबी छ । पक्राउ पर्ने बेलामा फर्किएर आएपछि यिनीहरूलाई यही हातले जेल हाल्छु भन्नु प्रतिशोधबाहेक अरू केही हुन नसक्ने उनको भनाइ छ । लोकतन्त्रमा प्रचलित कानुनले जे भनेको हुन्छ, त्यो भोग्नका लागि सबै तयार हुनुपर्ने उनले बताए । भण्डारीले सहकारीको हकमा अहिलेसम्म छिपछिपे मात्रै कुरा भइरहेको बताए ।
सहकारीमा जम्मा भएको रकमको पारदर्शिता नै नरहेको उनले बताए । सूर्य थापाले सहकारीमा आएको रकमको पारदर्शिता खोज्न खुट्टा कमाएको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’, काठमाडौँ पनि शीर्ष १० मा
-
अमेरिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालको ‘क्लिन स्विप’
-
शृङ्गार व्यवसायबाट मनग्य आम्दानी
-
चिया निर्यात बढ्यो, अलैँची घट्यो
-
राजस्व सङ्कलनमा कमजोर बागमती : ३ महिनामा ६ अर्ब ८६ करोड सङ्कलन
-
साफ महिला च्याम्पियनसिप : नेपाल र माल्दिभ्स भिड्दै