सूर्य थापा नेतृत्वको समितिको प्रतिवेदनले रविको मुद्दा कमजोर बनायो : बिडारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनाइएको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूर्य बहादुर थापा क्षेत्री नेतृत्वको संसदीय विशेष समितिको प्रतिवेदनले मुद्दा कमजोर बनाएको र जनतालाई समेत दुई भागमा विभाजित गरिदिएको बताएका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई उनले ‘नालायक प्रतिवेदन’ को संज्ञा दिए ।
‘कारबाही गर्नुपर्छ भन्ने एकथरी, खबरदार कारबाही गर्न हुँदैन भन्ने अर्को थरी । यसको मुख्य कारण चाहिँ संसदीय समितिको प्रतिवेदन हो । संसदीय समितिको प्रतिवेदनले नै नेपाली जनतालाई दुई भागमा लगाइदियो । यो जम्मै गडबड भएको, मुद्दा कमजोर भएको संसदीय समितिको प्रतिवेदनले हो । संसदीय समितिले छानबिन गर्न सक्दैन र हुँदैन भनेर मैले डे वानदेखि भन्दै आएको थिए ।’ उनले भने, ‘दोहोरो अर्थ लाग्ने गरी प्रतिवेदन दिने । रविले केही पनि गरेको छैन है सहकारीमा पनि उसैले लेख्ने, अनि रविलाई कारबाही गर्नुपर्छ है भनेर पनि उसैले लेख्ने । योजस्ता नालायक प्रतिवेदन संसदीय इतिहासमा कहिले पनि आउँदैन । यसको कारणले गर्दा जनता भ्रममा परे ।’
नेता बिडारीले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेजस्तो सहकारी ठगलाई बोकेको टिप्पणी गरे । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहकारी ठगहरूलाई बोकिरहेको उनको दाबी छ । नेता बिडारीले ठग र अपराधी वरिपरि नराखी प्रधानमन्त्री बन्नै नसकिने अवस्था आइपरेको बताए ।
‘प्रधानमन्त्री जो–जो भए, ती–ती प्रधानमन्त्रीलाई ठग र अपराधी नभई नहुने रहेछ । ठग र अपराधी वरिपरि नराखी प्रधानमन्त्री टिक्न सक्दो रहेनछ । कुनै प्रधानमन्त्रीले कुनै ठग र अपराधीलाई, कुनै प्रधानमन्त्रीले कुनै ठग र अपराधीलाई । अहिलेको प्रधानमन्त्रीलाई को–को ठग र अपराधी चाहिएको छ ? तपाईँहरूले अघि नाम भनिसक्नुभयो । ती–ती ठगलाई राखेर शासन चलाउने । यहाँभन्दा अगाडिका प्रधानमन्त्रीलाई रवि ठग चाहिएको थियो,’– उनले भने ।
संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले राजनीतिक मोलतोल गरेको नेता बिडारीको दाबी छ । रवि सत्तामा रहुन्जेल उनलाई मुद्दा नलागेको स्मरण गराउँदै उनले धनराजलगायतलाई पनि यो सरकार रहुन्जेल मुद्दा नलाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’