चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा
सोमबार, ०५ कात्तिक २०८१, ०६ : ४२

एनफिल्ड । घरेलु मैदानमा चेल्सीलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा टोली २–१ गोलले विजयी बनेको हो ।
खेलको २९ औँ मिनेटमा मोहम्मद शालाहले पेनाल्टीमार्फत लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल फर्काए ।
३ मिनेटपछि नै शालाहले कर्टिस जोन्सका लागि गोलको अवसर सिर्जना गर्दै टोलीलाई अग्रता दिलाए । योसँगै सुरुवात ११ खेलमध्ये १० खेल जित्ने अर्ने स्लट लिभरपुलका पहिलो म्यानेजर बनेका छन् ।
८ खेलबाट लिभरपुलको २१ अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० अङ्क छ । चेल्सी भने १४ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म