बार्साको गोल वर्षा, लेवान्डोस्कीको रेकर्ड

काठमाडौँ । रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बार्सिलोनाले सेभियालाई सजिलै हराएको छ । आइतबार राति भएको ला लिगा अन्तरगतको खेलमा बार्सा ५–१ गोलले विजयी बनेको हो ।
३६ वर्षीय खेलाडी यो सिजन उत्कृष्ट फर्ममा रहेका छन् । उनले सबै प्रतियोगिताका १२ खेलमा १४ गोल गरेका छन् । पछिल्लो ६ खेलमा मात्र उनले १० गोल गरेका हुन् ।
खेलको २४ औँ मिनेटमा पेनाल्टीमार्फत लेवान्डोस्कीले टोलीलाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा पेड्रीले टोलीको अग्रता दोब्बर बनाए । ३९ औँ मिनेटमा लेवान्डोक्सीले टोलीलाई ३–० को अग्रता दिलाए ।
लेवान्डोस्की युरोपका शीर्ष पाँच लिगमा तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । उनले जिमी ग्रिभेसको ३६६ गोलको कीर्तिमान बराबरी गरेका हुन् । उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो (४९५) र लियोनेल मेस्सी (४९६) मात्र रहेका छन् ।
खेलको अन्त्यतिर पाब्लो टोरेले दुई गोल थपे भने सेभियाका लागि स्टानिस इडुम्बोले सान्त्वना गोल गरे । १० खेलपछि २७ अङ्कसहित बार्सा लिगको शीर्ष स्थानमा रहेको छ । सेभिया १२ अङ्क बटुल्दै १३ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दै–बोल्दै उनको प्राण गयो
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै