सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँका सोह्र सामुदायिक विद्यालयमा शैक्षिक शिविर सुरु

सोमबार, ०५ कात्तिक २०८१, ०० : ३४
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत आजदेखि १६ वटा सामुदायिक विद्यालयमा शिविर सुरु भएको छ । उक्त शिविरको नाम ‘फेस्टिभल क्याम्प’ राखिएको छ ।

प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्न सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई दसैँतिहारबीचको छुट्टी उपयोग गरी शैक्षिक नतिजा सुधार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको कामपाका शिक्षा अधिकारी गोविन्द शर्माले जानकारी दिए । 

एसइई परीक्षामा एक सय ५० भन्दा बढी विद्यार्थी भएका पाँच ठूला विद्यालय र ११ ओटा स्रोत केन्द्रमा शिविर सञ्चालन गरिएका छन् । यी विद्यालयहरुमा दैनिक कम्तीमा ७६ वटा कक्षा सञ्चालन हुनेछन् । एउटा केन्द्रमा कम्तीमा एक सय ५० जना विद्यार्थीलाई सहभागी गराउन सकिन्छ । विद्यार्थीका लागि यो कार्यक्रम अनिवार्य भने नभएको शिक्षा अधिकारी शर्माले बताए ।

बिहान १०:३० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र ‘स्टिम’का परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन हुने जनाइएको छ । यी कक्षाहरु ‘लेक्चरर’ विधिमा नभई क्रियाकलाप, सहसिकाइ र समूहगत सिकाइमा आधारित हुने महानगरले जनाएको छ । 

शिविर सञ्चालन भएका विद्यालयहरुमा शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज, टङ्गाल मावि टङ्गाल, महेन्द्र बौद्ध मावि बौद्ध, जनकल्याण मावि बौद्ध, पशुपति मित्र मावि चावहिल, गुह्येश्वरी मावि सिनामङ्गल, रत्नराज्य मावि मध्य बानेश्वर, विश्वनिकेतन मावि त्रिपुरेश्वर र जनप्रभात मावि कालीमाटी छन् ।   

त्यसैगरी, ज्ञानोदय मावि  बाफल, गीतामाता मावि बिजेश्वरी, तरुण मावि बालाजु, शान्ति शिक्षा मन्दिर मावि थंहिटि, शान्ति निकुञ्ज मावि भगवतीबारी, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार र कोटेश्वर सरस्वती मावि रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप