सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

के स्वास्थ्यलाई असर नपर्ने गरी रक्सी पिउन मिल्छ ?

सोमबार, ०५ कात्तिक २०८१, ०० : २२
सोमबार, ०५ कात्तिक २०८१

काठमाडौं । हाम्रा आसपास रक्सीको सेवन गर्ने धेरै मानिसहरू छन् । रक्सी शरीरको लागि हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि केही त दिनँहु रक्सी सेवन गर्छन् । सीमित मात्रामा पिउने हो रक्सी हानिकारक हुँदैन भन्ने धेरैको विश्वास पनि छ । 

मदिराको सेवन कुनै पनि व्यक्तिको स्वास्थ्यका लागि पूर्ण रूपमा सुरक्षित मान्न नसकिने चिकित्सकहरू बताउँछन् । मदिराको मात्रा जतिसुकै भएपनि यसले शरीरमा नकारात्मक असर पार्न सक्छ । संयमित भएर सेवन गर्दा जोखिम भने कम गर्न सकिन्छ ।

मदिरा सेवनबाट हुने हानिको कुरा गर्दा सबैको मनमा कति मात्रामा रक्सी पिउनु सुरक्षित छ ? भन्ने प्रश्न उब्जिन्छ । तर हामीले रक्सी पिउनै हुन्नँ । किनकि थोरै मात्रामा गरिने सेवनले  पनि शरीरलाई हानि पुर्‍याउँछ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार मदिरालाई विषजस्तै मानिन्छ । यथार्थमा यो स्लो पोइजन हो । त्यसैले यसलाई पिउनु हुँदैन भनेर स्वास्थ्य विज्ञहरूले भन्छन् । रक्सी पिउनु स्वास्थ्यको लागि धेरै हानिकारक छ, त्यसैले यसलाई नपिउनु नै राम्रो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप