सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

सुन्तलाका बोक्रा फ्याँक्नुहुन्छ ? यस्ता छन् खानुका फाइदाहरू

आइतबार, ०४ कात्तिक २०८१, २३ : ५४
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौं । फलफूल हाम्रो दैनिक जीवनको अभिन्न अंग हो । यसले हामीलाई ऊर्जा अनि दिनभर सक्रिय रहन शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्दछ । 

रसिलो जामुनदेखि लिएर स्याउसम्म, यी सबै फलहरूले हामीलाई स्वस्थ त राख्छन् नै शरीरलाई हाइड्रेटेड पनि राख्छन् । यसमा पाइने भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टले पनि शरीरलाई पोषण दिन्छ । सुन्तला धेरै मानिसहरूको मनपर्ने फल मध्ये एक हो । 

यसमा अविश्वसनीय पौष्टिकता छ र छालाको लागि पनि यो त्यत्तिकै लाभदायक छ । हामी सुन्तलाको बोक्रा ताछेर फ्याकिदिन्छौं । तर त्यसमा पनि हाम्रो लागि लाभदायक धेरै तत्वहरू पाइन्छ । के तपाईलाई थाहा छ ?

सुन्तला खायसकेपछि हामी बोक्रालाई प्रायः बेकार मानेर फ्याकी दिन्छौं । तर यसको बोक्रा फाइबर, भिटामिन र एन्टिअक्सिडेन्टको खजाना हो । दुःखको कुरा हामी यसको फाइदाबारे अनजान छौं । यसलाई वेवास्ता गर्छौ । आजको यस लेखमा हामी तपाईलाई सुन्तलाको बोक्राका फाइदाबारे बताउनेछौं ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

सुन्तलाको बोक्रामा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ । यो शक्तिशाली इम्युनिटी बूस्टर हो । एन्टिअक्सिडेन्ट र फ्लेभोनोइड्सले भरपूर सुन्तलाको बोक्राको सेवनले फ्री रेडिकलबाट बताउँछ । अनि प्रतिरक्षा पनि बढाउँछ । आहारमा सुन्तलाको बोक्रा समावेश गर्दा सेतो रक्त कोशिकाहरू उत्पादन र संक्रमण अनि रोगहरूविरुद्ध लड्न मद्दत गर्दछ । यसले शरीरको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई बलियो बनाउँछ ।

पाचन सुधार्छ

सुन्तलाको बोक्रामा पाइने सिट्रस बायोफ्लाभोनोइड्स र फाइबरले पाचन प्रक्रियालाई सहज बनाउँछ अनि पेट फुल्ने तथा कब्जियतका लक्षणहरू कम गर्छ । बोक्रामा रहेको प्राकृतिक तेलले पाचन इन्जाइमलाई उत्तेजित गर्छ र पोषक तत्व अवशोषण र आन्द्राको नियमिततामा सुधार गर्छ । यसले पेट भित्र पाइने असल ब्याक्टेरियालाई सपोर्ट गर्छ र पाचनलाई पनि बढावा दिन्छ ।

रगतमा चिनीको मात्रा सन्तुलित राख्छ

यसको बोक्राले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र इन्सुलिन संवेदनशीलतामा सुधार ल्याउँछ । बोक्रामा पाइने फाइबरले चिनीको अवशोषणलाई सुस्त बनाउँछ र ग्लुकोज स्पाइक कम गर्छ ।

श्वासप्रश्वाससम्बन्धी रोगका उपचार

यसले श्वासप्रश्वासको अवरोध हटाउँछ । खोकी र चिसोबाट राहत दिन्छ । सुन्तलाको बोक्रामा रहेको एन्टी–इन्फ्लेमेटरी यौगिकहरूले सुन्निएको ब्रोन्कियललाई बसाउँछ र दमबाट राहत दिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप