सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

डीआईजी राणा र ह्योजु एआईजीमा बढुवाका लागि सिफारिस

आइतबार, ०४ कात्तिक २०८१, २३ : ३१
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक(डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय किरण राणा र डा.सुन्दरप्रसाद ह्योजुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

राणालाई जनपद प्रहरी समूहतर्फ केन्द्रीय अनुसन्धान ब्यूरोको एआईजीमा बढुवा सिफारिस गरिएको छ भने ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फका ह्योजुलाई नेपाल प्रहरी अस्पताल महाराजगन्जको एआईजीमा सिफारिस गरिएको हो । 

New Project

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप