स्पष्टीकरण सोधेपछि विन्दाले लेखिन्– जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेको हुन्छ

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीलाई जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन् । आइतबार पार्टी सचिवालय बैठकले स्पष्टीकरण सोधेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुरा बताएकी हुन् ।
नेतृ पाण्डेले विगत भूमिगतकालदेखि जनताको एक एक पैसा जम्मा गरिएर निर्माण भएको पार्टीमा करोड दिएर अरब फिर्ता गर्ने सोच भएका मान्छेहरु हाबी हुन थालेको बताएकी छन् । उनले भूमिगतकालमा सेल्टर लिएर बस्दा जनताको सामिप्यताको प्रसंग जोड्दै त्यसबेला एक एक पैसा जम्मा गरेर पार्टी जोगाउने श्रमजीवी जनता कहाँ छन् ? भनेर प्रश्न समेत गरेकी छन् ।
एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम रावल र उषकिरण तिम्सेनालाई केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यस्तो छ पाण्डेको प्रतिक्रिया :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु