जनप्रतिनिधिबाट नागरिकले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेका छन् : मुख्यमन्त्री कँडेल

जाजरकोट । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले जनप्रतिनिधिबाट नयाँ किसिमको कार्यसम्पादन खोजिरहेको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश विशेष कार्यक्रम र सार्वजनिक सेवा प्रवाह छलफल कार्यक्रमको जाजरकोट सदरमुकाम खलंगामा शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले परिवर्तित परिस्थितिमा जनताले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेकोले जिम्मेवारी सम्हाल्ने सबैले जनताको आशयलाई बुझ्न आग्रह समेत गरे ।
‘परिस्थिति विगतभन्दा भिन्न छ, जनताले सेवा प्रवाहलगायतका विषयमा नयाँ–नयाँ अनुभूतिको महसुस खोजिरहेका छन्,’कँडेलले भने, ‘तपाईँहरूको काम सम्पादन पनि सोही अनुरूप बनाउन जरुरी छ ।’
सरकारका जुनसुकै संरचनाको पहिलो काम नागरिकप्रति जबाफदेही र जिम्मेवार बन्नुपर्ने कँडेलको भनाइ थियो । उनले प्रदेश मातहतका निकायलाई उक्त विषयमा ध्यानाकर्षण गराए ।
सरकारले योजनाको लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्नेमा कँडेलले जोड दिए । साथै कार्तिक मसान्तसम्म सबै योजनाहरू ठेक्का आह्वानदेखि सम्झौता गरिसक्न कँडेलले निर्देशन दिए ।
निर्णयका लागि मात्रै निर्णय गर्ने परिपाटीको अन्त्य गर्न र प्रदेशसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयनको तहमा लैजानका कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु