वडाध्यक्षलाई कार्यवाहक दिने हर्क साम्पाङको निर्णय उच्च अदालतद्वारा रोक

सुनसरी । सुनसरी धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहक प्रमुखको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले रोक लगाएको छ ।
धरानका उपप्रमुख आइन्द्र विक्रम बेघाले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले प्रमुख साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीश ध्रुवराज नन्दको इजलासले यस्तो आदेश दिएको हो । साम्पाङले उपप्रमुख रहँदारहँदै नाताले मामा ससुरा पर्ने वडाअध्यक्ष फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर बेलायत गएका थिए ।
अदालतले आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यविभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा (४)को देहाय (क)को देहाय (१२)ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्यविभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिनसम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च.न. २३२८ मिति २०८१।६।२३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनिएको छ । यस्तै सो सम्बन्धमा विपक्षीलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ । मुद्दाको अर्को सुनुवाइ कात्तिक ६ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु
-
सगरमाथा संवादको तयारी तीव्र
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता