सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालय बनाउन जग्गा दान लिनु अनुचित होइन : शंकर पोखरेल

आइतबार, ०४ कात्तिक २०८१, १९ : ४१
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनवहादुर गुरुङले दान दिएको कीर्तिपुरको जग्गा स्वीकार गर्नु अवाञ्छित र अनुचित नभएको दाबी गरेको छ ।

आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठक यस्तो ठहर गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । 

महासचिव पोखरेलले एमालेलाई दान दिएको जग्गा र व्यवसायी गुरुङबिच कुनै स्वार्थ बाझिने कारण समेत नभएको बताए ।

‘राज्यले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले समेत विपत्तिमा भएको क्षतिलाई पूर्ति गर्ने काम गरिरहँदाखेरी एकजना व्यवसायीले म नेकपा एमालेले बेहोरेको क्षतिका सन्दर्भमा गम्भीर छु र सहयोग गर्न चाहन्छु भन्ने कुरालाई मानवीयताका हिसाबले पनि लिनुपर्छ भन्ने लाग्दछ’, महासचिव पोखरेलको भनाइ छ ।  

उनले महाविपत्तिका बेला भएको क्षतिमा सहयोग प्राप्त गर्ने हक हरेकको हुने भन्दै त्यो हक नेकपा एमालेको पनि छ भन्ने कुरा बुझ्नुपर्ने बताए । ‘त्यस अर्थमा एमालेले यो सहयोग प्राप्त गर्ने कुरा कुनै अवाञ्छित अनुचित कुरा होइन । विपतका बेला संकटमा परेकाहरूलाई सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो । राज्यकै कुनै एक नागरिकले क्षतिमा सहयोग गर्ने सन्दर्भलाई स्वभविक रूपमा लिनुपर्दछ’, महासचिव पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप