मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

कीर्तिपुरबाट नगद र सुन चोरेको आरोपमा ६ जना पक्राउ

आइतबार, ०४ कात्तिक २०८१, १९ : ३३
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँको कीर्तिपुरबाट नगद र सुन चोरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

आरोपीहरूले असोज ३० मा कीर्तिपुरस्थित सिता पौडेलको घरबाट सुन र नगद चोरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा मोरङ घर भएका २९ वर्षीय गोविन्द परियार, डोटी घर भएका ३० वर्षीय सुरेश नेपाली, धादिङ घर भएका २६ वर्षीय निशान ढुंगाना, ४१ वर्षीया गिता ढुंगाना, नुवाकोटका श्याम बहादुर सुनार र मकवानपुर घर भएका सुरज श्रेष्ठ ‘ओखरे’ छन् । 

उनीहरू असोज ३० मा साँझ ६ बजेतिर चोरी गरेर फरार भएका थिए । आरोपीहरूको साथबाछ ३९ ग्राम सुन र १ लाख २० हजार नगद बरामद गरिएको एसपी जिसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप